तत्कालिन प्रधानन्यायाधीश पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता नहुने फैसला


काठमाडौं, ६ वैशाख । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ ।