कालिकोटका गाउँमा गाडि पुग्दा स्थानिय हर्षित

0
Shares

विश्वनाथ सिम्खाडा : कालिकोट, ८ बैशाख । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ३ मा पहिलो पटक गाडि पुगेको छ । राचुलिको घताड देखि फोईमहादेवको फोईपिपलगौडासम्मको करिब ४ किलोमिटर सडकको शुत्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

तिलागुफा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सूर्यबहादुर शाहिको अध्यक्षता प्रतिनिधि सभा सदस्य माननीय दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता तथा तिलागुफा नगरपालिकाका नगर प्रमुख रतन बहादुर शाहीको विशेष आतिथ्यतामा सडक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

तिलागुफा नगरपालिका र ३ नं वडाको ३० लाख, कर्णाली रोजगार कार्यक्रमको १९ लाखगरि जम्मा ४९ लाखको लागतमा सडक निर्माण गरि आज पहिलो पटक ४ वटा गाडि फोई महादेव पुगेका छन् । गाडि पुगे पछि तिलागुफा नगरपालिकका वडा नं ३ का स्थानिय बासिले फुलमाला अबिर सहित भव्य स्वागत गरेका छन् ।
उक्त उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि दुर्ग बहादुर रावतले देशको शासनसता परिवर्तन गरि सिंहदरवार घरघरमा कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । शिक्षा र स्वास्थ्य भन्दा पनि यहाका ११ वटै वडालाई सडक संजालमा जोड्ने निर्णयसंगै फोईमा सडक पुगेकाले आफु खुसि भएको बताउनु भयो ।

उहाले तिलागुफा नगरपालिका कम्युनिस्टले जितेकाले यहाको बिकास र जन जीवनमा सुधार आउने उल्लेख गर्नुभयो । ५ वर्षको समयमा आफुले शिक्षा स्वास्थ्य बाटो लगायतका कुरालाई संसदमा उठाउने बताउनु भयो ।

कालिकोटलाई अबको ५ वषभित्र नमुना जिल्लाका रूपमा परिवर्तन गर्न लागिपर्ने प्रतिवद्वता ब्यक्त गर्नु भयो । तिलागुफाका महादेव उच्चमाविलाई नमुना उमाविमा रूपमा चिनाउन आफुले पहलगर्ने बताउन बताउनु भयो ।

उद्घाटन कार्यक्रम बोल्दै नगर प्रमुख रतनबहादुर शाहीले बिकास सुसासनलाइ पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाले नगरपालिकाले शिक्षा स्वास्थको स्तरउन्नतिका लागि लागीपर्ने बताउनु भयो ।

आफ्नो ५ बर्षे कार्यकालको १ बर्ष बितिसकेकाले अबको ४ बर्षमानगरलाई नमुनानगर बनाउने बताउनु भयो । त्यस्तै नगर उपप्रमुखदन्ता नेपाली ले फोइमहादेवमा अबको १ बर्षभित्र वैद्युतसङ जोडने बताउनु भयो ।

यसरी ४ वटा गाडि संगै फोईमहादेव पुग्ने आफुले कल्पना पनि नगरेको तिलागुफा नगरपालिका वडा नं ३ का स्थानिय तुलसरा शाहीले बताउनुभयो । उहाले लामो समयको प्रयास पछि फोईमा गाडि पुगेकाले आफु निकै हषिर्त भएको बताउनु भयो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाटोको स्तरोन्नतिका लागि सबैले पहलगर्नुपर्ने बताउनु भयो । उहाले ४ किलोमिटर बाटोको रेखदेख गर्नका लागि दुई जनालाई १२ हजारका दरले तलब दिएको बताउनु भयो ।