गुटगत राजनीतिले दाजुभाइबिच बोलचाल बन्द, प्रकाशसरण सहमहामन्त्री हुँदा रामशरणले बधाईसमेत दिएनन्

वैशाख २३, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते जनकपुर आउने कार्यक्रम तय भएसँगै जनकपुरमा मोदीको स्वागतका लागि तयारी तिब्र पारिएको छ । मोदीको भ्रमणले नेपालको समृद्धि र विकासमा टेवा पुग्ने अपेक्षा धेरैले गरेका छन् । त्यसैले पनि मोदीलाई सम्मानका साथ स्वागत गर्नका लागि प्रदेश नम्बर दूईको सरकार तयार भएर बसेको छ । जनकपुरपछि मुक्तिनाथसमेत जाने कार्यतालिका बनाएका मोदीले काठमाण्डौ आएर प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मोदीको भ्रमणलाई लिएर राजीतिक दल र नेताहरु उत्साहित देखिएका छन् । एमालेका नेता माधवकुमार नेपालले मोदीको भ्रमणलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । दुई छिमेकी मुलुकका प्रधानमन्त्रीहरु एकअर्काको देशमा भ्रमण गर्नु स्वभाविक र सकारात्मक भएको नेपालको तर्क छ । “हामी नेपालीहरु मोदीको आगमनको प्रतिक्षामा छौँ ।” नेपालले भने । मोदीको भ्रमण सफल र उपलब्धिमुलक हुने विश्वास नेपालले लिएका छन् । नेपाली संस्कारअनुसार पाहुनालाई सम्मानका साथ स्वागत गर्ने र चाहेको ठाउँमा भ्रमण गराउनु सकारात्मक भएको उनको तर्क छ ।
0
Shares

वैशाख २२, काठमाण्डौ । कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महत सहोदर दाजुभाइ हुन् । यी दुवै अहिले कांग्रेस कन्द्रीय सदस्य छन् ।

नुवाकोटबाट राजनीति गरेका यी दुई दाजुभाइ पार्टीभित्र एउटै गुटमा छैनन् । दाई महत रामचन्द्र र भाइ महत संस्थापन समूहमा छन् ।

पछिल्ला चुनावमा एकले अर्कोलाई असहयोग नगरेको भन्दै बोलचाल नै बन्द गरेका यी दुईबीच पार्टीमा आआफ्नो समूहबाट को पदाघिकारी बन्ने भन्ने प्रतिस्पर्धा थियो ।

तर सभापति शेरबहादुर देउवाले शुक्रबार भाइ महतलाई सहमहामन्त्रीमा मनोनीत गरे । भाइ पदाधिकारीमा मनोनित भए पनि दाइले बधाईसमेत दिएनन् । डा. रामशरण महामन्त्रीका दाबेदार थिए ।