उच्च आर्थिक वृद्धिका लागि उच्च लगानी चाहिन्छ : खनाल


जेठ १४, काठमाण्डौ । अर्थविद् डिल्लीराज खनालले सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमकै आधारमा बजेट आउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खनालले उच्च आर्थिक वृद्धि गर्दै देशलाई समृद्धी बनाउनेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताए ।

आर्थिक वृद्धिदर बढाउनका लागि लगानी बढाउनुपर्ने उनको सुभाब छ ।

“उच्च आर्थिक वृद्धिका लागि उच्च लगानी चाहिन्छ । उत्पादकत्व बढ्ने क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ । यसका लागि कर लगायतका विषयमा छुट दिएर उत्प्रेरणा दिनुपर्छ ।” खनालले भने ।

सरकारले राजश्व बढि उठाउने, साधारण र चालु खर्च कम गर्ने हो भने नीीत र कार्यक्रम कार्यान्वयन हुन सक्ने खनालले बताए ।