जेठ १५, काठमाण्डौ । राजनीतिज्ञ हृदयश त्रिपाठीले संघीय समाजवादी फोरम सरकारमा सहभागि हुँदा आफूलाई आश्चर्य नलागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने विषय समान्य भएको बताएका हुन् ।
सरकारमा सहभागि हुनका लागि नै फोरमले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको उनको ठहर छ ।
तर निर्वाचनको हिसाबले फोरम सरकारमा सहभागि हुनु अप्राकृतिक भएको उनको आरोप छ ।
“निर्वाचनमा चाँही फोरम र राष्ट्रिय जनता पार्टीले गठबन्धन बनाएका थिए । दुई नम्बर प्रदेशमा सरकार पनि बनाएका छन् । त्यो हेर्दाखेरी अप्राकृतिक देखिए पनि निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमअनुसार फोरम सरकारमा गएको हो । यो सकारात्मक हो ।” त्रिपाठील भने ।
अबका दिनमा दुई नम्बर प्रदेशमा फोरम र राजपाबीच आरोप प्रत्यारोप हुन सक्ने उनको आशंका छ ।




प्रतिक्रिया