‘कागजी सम्झौताका भरमा सरकार गएर उपेन्द्रले मधेशलाई धोका दिए’

राजकिशोर यादव, नेता, राजपा

जेठ २५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले संघीय समाजवादी फोरम सरकारमा सहभागि भएर मधेशी जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले सत्तामा पुग्नका लागि फोरम अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको एजेण्डा छाडेको आरोप लगाएका हुन् ।

उपेन्द्रले मधेशलाई धोका दिएको जिकिर गर्दै यादवले भने, “अब मेधशमा उनी पत्तासाफ हुन्छन््, काजगी सम्झौताको भरमा सरकारमा जनु जनमतको अवमूल्यन हो ।”

प्रदेश २ को सरकारालई पाँच वर्ष नै साथ दिने यादवले स्पष्ट पारेका छन् । प्रदेश दुईमा संयुक्त सरकार बनाएकार फोरम र राजपाबीच पछिल्लो तिक्तता बढ्दै गएको छ ।

फोरम सरकारसँग सम्झौता गरेर सरकारमा गएपछि राजपा असन्तुष्ट बनेको हो । तर प्रदेश नम्बर दुईको सरकारलाई पाँच वर्ष नै साथ दिने राजपा नेता यादवले स्पष्ट पारेका छन् र

केपी ओली नेतृत्वको सरकार दिएको समर्थन पनि तत्काल फिर्ता नलिने उनले बताएका छन् ।

राजपाले संसदीय दलको नेता असार ४ गते चयन गर्ने तयारी गरिरहेको यादवले जानकारी दिए ।