भृकुटीमण्डपमा चलिरहेको प्रपर्टी एक्स्पोमा सिभिल होम्सको आकर्षण


असार ४, काठमाण्डौ । सिभिल ग्रुपका सेल्स एण्ड मार्केटिङ म्यानेजर सुदर्शन पराजुलीले भृकुटीमण्डपमा चलिरहेको प्रपर्टी एक्स्पोमा सिभिल होम्स्ले विभिन्न अफर ल्याएको जानकारी दिएका छन् ।

अफरअन्तरगत ३७ लाख रुपैयाँमा ३५० स्क्वार फीटका वान बेड रुमका अपार्टमेन्ट बिक्री गरिरहेको उनले बताए ।

“त्योभन्दा बढीको टु बेड रुम र थ्री बेड रुम भएका अपार्टमेन्टहरु पनि छन् । उक्त अपार्टमेन्टहरुमा बेड रुमसहित एउटा लिविङ रुम, साथमा बाथरुम र किचन हुन्छ । अपार्टमेन्टको बिक्री भने धापाखेलको कोलोनिमा मात्रै छ । थ्री बेड रुमको आपर्टमेन्टलाई एक कोरोड रुपैयाँसम्म पर्छ ।” उनले भने ।

होम्सले अहिले फेज फोर धापाखेल, फेज सेभेन सितापाईला र फेज ९ गोदावरीमा सञ्चालनमा ल्याएको छ ।

ती प्रोजेक्टहरुमा इण्डिभ्यूजल होम र अपार्टमेन्टहरुको बिक्री भइरहेको पराजुलीले बताए ।

“हामीले धापाखेलमा ३७ लाखको अपार्टमेन्टको बिक्री शुरु गरेका छौं । दुई टावर छन् । टावर ए र बी मध्ये बी सकिसकेको छ । अहिले ए टावरमा केही अपार्टमेन्ट बाँकी छन् । त्यसको लागि बुकिङ खुलाएका छौं ।” उनले भने ।

मेला अबधिमा करिब ८५ युनिट अपार्टमेन्ट मध्ये ३० प्रतिशत र ‘इण्डिभ्यूजल’ ३० देखि ४० घर बुक हुने अपेक्षा गरिएको उनले बताए ।
होम्सले आगामी दिनमा विजनेश थप्दै जाने जाकारी दिदै पराजुलीले भने, “आगामी दिनमा अन्य विजनेश पनि थप्दैछौं । जसमा रेन्टल, लिजका घरहरुतर्फ काम गर्ने योजना बनाइरहेका छौं । कसैले सिभिल होम्सको घर अथवा अपार्टमेन्ट बेच्न चाहे, भाडामा लगाउन चाहे सहजीकरण गर्ने हो कि भन्ने छलफल अगाडि बढाएका छौं ।”

करिब दुई दशकअघि स्थापना भएको सिभिल सेभिङ एण्ड को अपरेटीभबाट सिभिल ग्रुपको जन्म भएको हो । सिभिल ग्रुपअन्तर्गत सिभिल सेभिङस, सिभिल रियलस्टेट, बैंक, मनोरन्जन, सिनेमा, इन्जियरिङ, कन्सल्टेन्सी लगायत विभिन्न कम्पनी सञ्चालनमा छन् ।