‘सिण्डिकेट फिर्ता हुँदैन, गलत गर्नेलाई कारबाही गर्न नसके राजिनामा दिन्छु’


काठमाडौं, १ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अब कुनै पनि हालतमा नफर्किने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्,‘सिण्डिकेट अन्त्य भैसक्यो, अब कुनैपनि हालतमा यो फर्किँदैन्।’ लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक निर्णयलाई कसैले पनि फिर्ता ल्याउन नसक्ने बताउँदै मन्त्री महासेठले सरकार यसबाट कुनै पनि हालतमा पछाडि नफर्कने दाबी गरे ।

सम्बन्धित समाचार :

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

तीनै तहको सरकारको सहकार्यमा मात्र विकास : मन्त्री महासेठ

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुन्छ : मन्त्री महासेठ

ढिलोमा ६ वर्षभित्र चीनीयाँ रेल काठमाडौं पुग्छ : मन्त्री महासेठ

मन्त्री महासेठको दाबी : विकास निर्माण कार्य युद्धस्तरमा भैरहेको छ (भिडियोसहित)

गृहमन्त्रीले मेरो अधिकार हस्तक्षेप गरे, चुप लागेर बस्दिन् : मन्त्री महासेठ

तीन महिनाभित्र सिद्धबाबा सडकखण्डको काम सुरु हुन्छ : मन्त्री महासेठ

५ वर्षभित्र ५० प्रतिशत विद्युतीय सवारी चलाउने नीति छ : मन्त्री महासेठ

‘डिजीलाई सरुवा गरेको छैन, महत्वपूर्ण काम गर्न मन्त्रालय बोलाईएको हो’ : मन्त्री महासेठ

अबको छ महिनाभित्रै निश्चित दूरीमा रेल कुदाउँछौँ : मन्त्री महासेठ

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । यातायात समितिहरुको बैंक खातामा हिनामिना भएको प्रमाणित भए आफूले कारबाही गर्ने चेतावनी समेत उनले दिए । उनले भने,‘समितिहरुको बैंक खातामा भएको पैसा हिनामिना भएको पाएँ भने म कडा कारबाही गर्छु।’ आफूले कडा कारबाही गर्न नसके राजिनामा दिने समेत उनको सार्वजनिक ठोकुवा छ ।

त्यस्तै उनले हिलाम्य सडकहरु द्रुत गतिमा कालोपत्रे गर्ने पनि विश्वास दिलाए । उनले भने,‘हिलाम्य सडकहरु पीच हुन्छन्, कमसल सडक बनाउने ठेकेदारहरुलाई कारबाही गर्छु, कसैलाई पनि छोड्दिन्।’

सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारिसकेको छ । मन्त्रालयमा हिजो पत्रकार सम्मेलन आयोजना गरेर पनि मन्त्री रघुवीर महासेठले भनेका थिए,“एकाधिकार कुनै पनि रूपमा रहन सक्दैन । सरकार निर्णयबाट पछाडि हट्ने र छुट दिने पक्षमा छैन ।”

Skip This