मोदीपछि राहुल किन आए काठमाण्डौ ? के प्रेमिका भेट्न आएका हुन् त


भदौ १५, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । बिहीबार बिहान नेपाल आएका मोदी शुक्रबार साँझ स्वदेश फिर्ता भएका हुन् ।

मोदी नेपाल आएर स्वदेश फिर्ता भएकै दिन भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । शुक्रबार दिउँसो गान्धी काठमाडौं आइपुगेका हुन् ।

राहुल निजी भ्रमणका लागि नेपाल आएका हुन् । उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ ।

गान्धी सामान्य ढंगले दुई सहयोगीको साथमा नेपाल आएका हुन् । शुक्रबार काठमाडौंमै बस्ने र शनिबार नेपालगञ्ज जाने कार्यक्रम सार्वजनिक भए पनि अन्य भ्रमण तालिका भने सार्वजनिक भएको छैन ।

उनी नेपालमा रहेकी आफ्नी प्रेमिका भेट्नका लागि पनि काठमाण्डौ आएको अनुमान गरिएको छ । पहिला दिल्लीमा बसेर काम गरेकी एक संचारकर्मी उनको प्रेमिका रहेको बताइन्छ ।