काठमाडौं, २० भदौ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण रौनियारले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिएका छन् ।
उनले नेकपाको यस्तै हर्कत गर्ने हो भने आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । प्राईम टाईम्स टेलिजिनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद रौनियारले यस्तो चेतावनी दिएका हुन् ।
https://www.youtube.com/watch?v=PP7b46qHJ4U
जनस्तरबाटै पप्पु कन्स्ट्रक्शनलाई कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘मे आवद्ध रहेको कम्पनीले गल्ती काम गरेको छ भने छानबिन गर्नुपर्छ । यदि गल्ती गरेको छ भने कानूनले उसलाई सजाय दिन्छ।’
गल्ती गर्ने आफ्नो छोरा वा छोरी जो भएपनि कारबाहीको भागिदार हुने सांसद रौनियारको भनाई छ ।




प्रतिक्रिया