सैन्य अभ्यासबारे मन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावलबीच मतभेद


भदौ २०, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक सम्मेलनका क्रममा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको स्पष्ट पारेका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधीसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले बिम्स्टेकको चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नै नभएको स्पष्ट पारे । मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको जिकिर गरे ।

नेपालको परराष्ट्र नीतिअनुसार मुलुकको स्वाधीनतालाई प्रतिकूल असर पर्ने गरी कुनै निर्णय र सहमति शिखर सम्मेलनमा नभएको उनले बताए । त्यस्तै उनले बिम्स्टेकको वरिष्ठ अधिकृतको बैठक, मन्त्रीस्तरीय बैठक र शीर्ष बैठकमा संयुक्त सैन्य अभ्यासबारे कुनै छलफल नभएको बताए । उनले बिमेष्टेक बैठकले साझेदार देश बिचको बिश्वास बढेको भन्दै सरकारले सफलता पूर्वक सम्मेलन समापन गरेको बताए । सम्मेलनका क्रममा दुईपक्षिय र बहुपक्षिय छलफल समेत भएको उनले जानकारी दिए ।

बैठकमा समिति सदस्य भीम रावलले सम्मेलनको उद्घाटन सत्रमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महीनाको अन्तिम साता भारतमा संयुक्त सैन्य अभ्यासका लागि आफूले स्वागत गर्ने भनी मन्तव्य दिएकोबारे प्रश्न गरेका थिए । अध्यासमा नेपाली टोली जान लागेको जानकारीमा आएको भन्दै संयुक्त सैन्य अभ्यास बिम्स्टेकको अवधारणा मुलुकको स्वाधिनतामापनि प्रतिकूल असर पर्ने बताए ।

बैठकमा बुधबारदेखि राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल प्रारम्भ भएको छ ।