आफ्नै मुभी हेरेपछि नायिका एलिजाको थामिएनन् आँशु (भिडियोसहित)


काठमाडौं, १२ असोज । आफूले अभिनय गरेको चलचित्र अनुराग हेरेपछि नायिका एलिजा गौतम पत्रकारहरुमाँझ धरधरी रोएकीछिन् । नायिका गौतम खासगरी छोरी एरिकालाई लिएर हलमा पुगेकी थिईन् । उनले आफूले छोरा एरिक चार महिनाको हुँदाखेरी चलचित्रको छायांकनमा व्यस्त भएको सम्झिँदै भावबिह्वल बन्ने क्रममा रोएकी थिईन् ।

तर, चलचित्रका निर्मातासमेत रहेका पत्रकार ऋषि धमला भने पत्नी एलिजाको अभिनय जबरजस्त रहेको भन्दै यो चलचित्रले युवा पुस्ताहरुको मत जित्न सफल भएको दाबी गरे । उनले आगामी दिनमा आफूले सामाजिक विषयवस्तुमा आधारित धमकेदार मुभी बनाउनेपनि आजै घोषणा गरे ।

यो पनि हेर्नुहोस :

https://reportersnepal.com/2018/09/275408.html