काठमाडौँ, १२ असोज / राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास, सीप विकास एवं उद्यममन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रपति भवन शीतल निवासमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल र भारत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।




प्रतिक्रिया