काठमाडौँ, १३ असोज /सत्तारुढ दल नेकपाभित्र बरिष्ठ नेता माधव कुमार नेपालले छुट्टै भेला बोलाएर पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई चूनौति दिएकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अब एकजुट हुन आग्रह गरेका छन् ।
देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली काङ्ग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले शनिबार आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले पार्टी अनुशासित नभए लोकतन्त्र विरोधी शक्तिसँग लड्न नसकिने बताए ।
काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम शक्ति लोकतान्त्रिक मान्यताविपरीत जान सक्ने सङ्केत देखिएकाले दलका नेता कार्यकर्तामा एकता आवश्यक रहेको बताए ।
काङ्ग्रेसको नेतृत्वमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र बैंकिङलगायत क्षेत्रमा भएका उपलब्धि लिएर जनतामाझ जानुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया