काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले घेराबन्दी हालेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड मुलुकबाहिर रहेको मौका छोपी बरिष्ठ नेता नेपालले शुक्रबार असन्तुष्ट पक्षको भेला बोलाए ।
उक्त भेलाले नेकपाभित्र ठूलो हलचल पैदा गरेको छ । अमेरिकामै रहेका अध्यक्ष ओलीले आफू दुई चार दिन देश बाहिर रहँदा मुलुक र पार्टी नै डुब्छ भनेर कसैले नठाने हुन्छ भन्दै माधव नेपालविरुद्ध कडा आक्रोश पोखेका थिए । उनले सामाजिक सञ्जालमार्फत माधव नेपालप्रति यसरी आक्रोश पोखेका थिए,“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ!”
प्रधानमन्त्री ओली निकट नेतासमेत रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त माधव नेपालको भेलाप्रति व्यंग्य गर्दै कडा आलोचना गरेपछि नेकपाभित्रको विवाद सतहमा पोखियो । तर, योगेश भट्टराईले विष्णु रिमाललाई कडा जवाफ दिँदै ट्विटरमा यस्तो पोष्ट गरे,‘शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !’
अहिले अध्यक्ष ओलीसँग प्रभावशाली नेता बामदेव गौतमपनि रुष्ट छन् । नेता गौतमले माधव नेपालको भेलामा उपस्थिति जनाईदिएर भेलालाई बैधानिकता प्रदान गरेको समाचारपनि आयो । बास्तवमा नेता गौतम अहिले ओलीसँग रुष्ट बनेर नेता नेपालसँग नजिकिएका छन् । आफूलाई सांसद बनाउन अध्यक्ष ओलीले कुनै सहयोग नगरेको उनको गुनासो छ । पार्टीभित्र ओलीलाई कमजोर बनाउन नेता नेपाल र गौतम दुवै एक ठाउँमा उभिएका छन् ।
ओलीले शक्ति सञ्चय गरेको आरोप लगाउँदै आएका नेता नेपालले अब आफू सहने पक्षमा नरहेको भन्दै आफू निकटसँग पार्टीभित्र संघर्ष गर्नको लागि तयार रहन निर्देशनसमेत दिईसकेका छन् ।
ओलीलाई पार्टीमा जुनसुकै हालतमा सिध्याउने अर्थात शक्तिबिहीन बनाउन माधव नेपाल यतिवेला दिनप्रतिदिन रणनीति बुन्न व्यस्त छन् । नेता नेपाललाई बामदेवको पनि दरिलो साथ रहेको नेकपा निकट उच्च स्रोतको दाबी छ ।
अर्का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने यतिवेला कुनैपनि पक्षमा खुलेर लागेका छैनन् । पार्टीमा आफूलाई बरियता दिने बेला नेता नेपालले झेल गरेकोमा उनी रुष्ट छन् । तर, अध्यक्षद्धय ओली र प्रचण्डसँगपनि उनले आफ्नो अन्तरसंघर्ष जारी रहने यसअघि नै सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् ।
नेता नेपालले बोलाएको भेलामा नेता खनालले सहभागी भएनन् । यसकारण पनि उनले अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी कस्ने नेता नेपालको रणनीतिमा अहिल्यै नै साथ नदिने स्पष्ट हुन्छ ।
यो पनि पढ्नुहोस :
https://reportersnepal.com/2018/09/274362.html
https://reportersnepal.com/2018/09/275681.html




प्रतिक्रिया