विवाद ‘क्लाईमेक्स’मा : माधव नेपाललाई प्रचण्डको फोन, त्यसपछि चीन उडे


काठमाडौं, १५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद छदाछुल्ल भएपछि अहिले नेता तथा कार्यकर्ताहरुबीच एक अर्काप्रति नै आरोप प्रत्यारोप सुरु भएको छ ।

बरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्ट नेताहरुलाई समेटेर दुवै अध्यक्ष नभएको मौकामा स्थायी समितिको बैठक डाकेपछि नेकपाभित्रको विवाद सतहमा पोखिएको हो । अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका नेता नेपालले पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि देश बाहिर रहेको बेला आफूलाई पार्टीको कार्यवाहक अध्यक्ष नदिईएकोमा आक्रोश पोखेका थिए ।

त्यसैको निरन्रतामा उनले स्थायी समितिको छुट्टै भेलाको आयोजना गरे । नेता नेपालको भेलालाई अर्का नेता वामदेव गौतमले साथ दिए । पछिल्लो दुई दिन यता नेता नेपालको उक्त भेलालाई लिएर नेकपाभित्रै ओली र नेपाल पक्षधर नेताहरुबीच सामाजिक सञ्जालमै आरोप प्रत्यारोप सुरु भएको छ ।

यही विषयमा केन्द्रित रहेर आज विहान अध्यक्ष प्रचण्डले नेता नेपाललाई फोन गरेर पार्टीभित्रको असन्तुष्टि यसरी बाहिर छताछुल्ल नपारेको भए हुन्थ्यो भन्दै सम्झाएका थिए । प्रचण्ड पत्नी सिता दाहालको उपचारको लागि यतिवेला सिंगापुरमा छन् । उनी आज स्वदेश फर्किँदैछन् । तर, नेता नेपाल भने आज चीन प्रस्थान गरेका छन् ।

RELATED NEWS:

https://reportersnepal.com/2018/09/275681.html

https://reportersnepal.com/2018/09/275807.html