‘अनुराग’ हेरेपछि राष्ट्रिय सभाका अध्यक्ष भन्छन् : ‘ऋषिजी विलक्षण प्रतिभाको धनी’


काठमाडौं, १५ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पत्रकार ऋषि धमलाले बनाएको फिल्म भएर आफू अनुराग हेर्न हलमै आएको स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंको सुन्धरास्थित् सिभिल मलमा रहेको क्वि.एफ.एक्स हलमा पुगेर अध्यक्ष तिमिल्सिनाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”सञ्चारकर्मीले हात हालेको फिल्म भएकोले म अनुराग हेर्न हलमै आएको हुँ । यसको कथाबस्तु राम्रो लाग्यो । यो फिल्मले प्रगति र उन्नती हाँसिल गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।”

तिमिल्सिनाले चलचित्रले अहिलेको युवा पुस्ताको मन जितेको पनि प्रतिक्रिया दिए । त्यस्तै उनले पत्रकार धमला यसको लागि बधाईको पात्र भएको पनि बताए । उनले भने,”ऋषिजीलाई सर्बप्रथम बधाई र सफलताको शुभकामना दिन चाहन्छु । उहाँ पत्रकारितामात्रै होईन, सबै क्षेत्रमा सफल हुनुहुन्छ ।” उनले पत्रकार धमलालाई विलक्षण प्रतिभाका धनीको संज्ञासमेत दिए ।

अध्यक्ष तिमिल्सिनासँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उनकी धर्मपत्नी, बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, सांसदहरु, बरिष्ठ अधिवक्ताहरु, मानवअधिकारकर्मीहरु र गायक तथा गायिकाहरुको उपस्थिति रहेको थियो ।

धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुराग देशैभरि अत्यधिक रुचाईएको छ । शुक्रबारबाट अल नेपाल रिलिज भएको अनुरागले दर्शकहरुको राम्रो साथ पाएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार अनुरागसँगै प्रदर्शनमा आएका अन्य चलचित्रहरुभन्दा यो चलचित्रले धेरै राम्रो व्यापार गरेको छ । अनुरागले ओपनिंगमै आक्रमक व्यापार गरेको थियो ।

म्युजिकल लभस्टोरी रहेको चलचित्रलाई युवा पुस्ताले औद्यी रुचाएका छन् । अहिले अनुरागमा समाहित गीतहरुसमेत जनजीब्रोमा झुण्डिन थालेको छ । अनुराग हेर्न नेता, मन्त्री, उद्योगी, व्यापारी, समाजसेवी, विद्यार्थी, कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ ।

आज सोमबार अनुरागले काठमाडौंको सिभिल मलमा रहेको क्वि.एफ.एक्स र सिटी सेन्टरमा रहेको बिग मुभिजमा छुट्टाछुट्टै स्पेशल शोको आयोजना गरेको छ । सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।