असोज १६, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय विभिन्न देशको भ्रमण गरिरहेका छन् ।
देशमा विविध समस्या हुँदा पनि विदेश भ्रमणलाई नै प्राथमिकतामा राखेको भन्दै उनीहरुको आलोचना भइरहेको छ ।
केही समय अघि नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि विदेशमै थिए । देश र जनताका लागि काम गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीले पनि १० दिने लामो विदेश भ्रमण गरिरहेका छन् ।
सत्तारुढ दलका प्रभावशाली नेताहरुको विदेश भ्रमणले उनीहरु देश र जनताको लािग चिन्तित छैनन् कि भन्ने आशंका उब्जाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विभिन्न देशसँगको सम्बन्ध विस्तारका लागि विदेश भ्रमण पनि आवश्यक रहेको तर्क गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले देशको समस्या समाधान गर्दै त्यसलाई दुनियाँको सामु प्रचार गर्नका लागि पनि विदेश भ्रमण गर्नुपर्ने बताए ।
यद्यपी धेरै विदेश भ्रमण जाने कुरालाई चाँही मन्त्री पण्डितले स्विकार गर्न सकेनन् । “म चाँही के आग्रह गर्छु भने अनिवार्य जानुपर्ने ठाउँमा जानुपर्छ । ठाउँ र दृश्य अवलोकन गर्न मात्रै जानुहुँदैन ।” पण्डितले भने ।




प्रतिक्रिया