काठमाडौं, १७ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘अनुराग’ले देशैभरि दर्शकको राम्रो साथ पाएको छ । गत शुक्रबार अल नेपाल रिलिज भएको अनुराग हेर्न आज छैठौं दिनपनि दर्शकको घुईँचो लागिरहेको छ ।
देशका गन्यमान्य व्यक्तिहरुले धमलाले निर्माण गरेको चलचित्रले आफूहरुको मन जितेको र फिल्म राम्रो बनेको प्रतिक्रिया दिईसकेका छन् ।
आज साँझ अनुराग हेर्न कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला सिटी सेन्टरस्थित् बिग मुभिज जाँदैछन् ।
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।
https://reportersnepal.com/2018/09/275640.html
https://reportersnepal.com/2018/10/276231.html




प्रतिक्रिया