काठमाडौं, १७ असोज । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्किँदैछन् । ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँको लागि उडिसकेका छन् ।
ओली फर्किएलगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललाई फकाउने कि आफ्नो क्याम्पबाट हटाउने भन्नेबारे केन्द्रित हुने उनी निकट एक नेताले बताए ।
आफू अमेरिकामा रहेको बेला नेता नेपालले पार्टीभित्रको विवाद छताछुल्ला पारेको र सरकारको बारेमा संसदमै आलोचना गरेको भन्दै ओली रुष्ट छन् । त्यसैले उनले काठमाडौं ओर्लिने बित्तिकै नेता नेपालको पछिल्लो गतिविधिबारे आन्तरिक छलफल गर्ने बुझिएको छ ।
उनले आफू निकटका नेताहरुसँग भनेका थिए, माधवजी त मेरै टिममा भएकोजस्तो मानेको थिएँ, “तर, आफू नभएको बेला मेराविरुद्ध खनिएर गलत गर्नुभयो । अब म उहाँलाई हटाउने वा के गर्ने भन्नेबार निर्णय लिन्छु ।”




प्रतिक्रिया