समाजमा अपराध बढ्यो, हेर्नुहोस् बलात्कार, करणी र हत्या कति भए ?


असोज १८, काठमाण्डौ । पछिल्लो समय जघन्य अपराधको घटनामा वृद्धि भएको छ । गएको बर्षको तुलानामा चालु आर्थिक वर्षमा जघन्य अपराधका घटन वृद्धि भएको हो । काठमाडौलगायत देशका विभिन्न ठाउँमा बलात्कार, हत्या, चोरी, डकैती, लागुऔषत ओसार–पसार जस्ता जघन्य अपराधका घटना बढेका छन् ।

गत बर्षको तुलनामा चालु आर्थिक बर्ष जघन्य अपराधका घटनामा बृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष दुई हजार ७४–७५ मा छ हजार ६ सय ४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । त्यसैगरी दुई हजार ७३–७४ मा पाँच हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

यस्तै दुई हजार ७२–७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएको थियो । चालु अर्थिक बर्ष दुई हजार ७४–७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी एक हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री बताउछन् ।

प्रहरीले हरेक अपराधका निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री बताउछन् । प्रहरीको सक्रियता बढेसँगै यस्ता अपराधका घटनाहरु सार्वजनिक हुने क्रम बढेको क्षेत्रीको भनाई ।

तथ्याङक हेर्दा, हत्या, बलत्कार जस्ता जघन्य र माफि नहुने खालका अपराध बढिरहेको छ । दर्ता भएका अपराधका घटनालाई हेर्दा पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना भएका छन् । अनुसन्धानमा प्रहरी प्रशासन कमजोर देखिएको छ ।

बढ्दो हत्या हिसा बलात्कार जस्ता जघन्य अपराध रोक्नु प्रहरी प्रसाशनलाई निक्कै चुनौती बढेको छ । यस्ता जघन्य अपराधमा प्रहरी प्रशासन गम्भीर भएर अनुसन्धान गरी अपराधीलाई कारवाही दायामा ल्यायाई पीडितलाई न्याय दिलाउनु आजको आवश्यकता छ ।