असोज १९, काठमाण्डौ । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र बुझाएपछि विवाद सुरु भएको छ ।
बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललाई बर्खास्त गर्न माग गरेका थिए ।
जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न गर्नु पर्ने उल्लेख गरेको थियो ।
तर यसरी बर्खास्तैको माग गर्नु संस्थागत निर्णय नभएको भन्दै त्यही संगठनका अन्य पदाधिकारीले आपत्ति जनाएका छन् ।
तत्कालिन एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीबचि अहिले पनि संस्थागत रुपमा एकता हुन सकेको छैन । यस्तो अवस्थामा आइजिपीको बर्खास्तीको मागको विषयमा विवाद हुँदा मनमुटाव थप बढ्ने देखिएको छ ।
बिहीबार अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटेर आईजिपीलाई बर्खास्त गर्न माग गरेको थियो ।
तर आइजिपी सर्वेन्द्र खनालको बर्खास्ती मागिनु सरकार विरुद्धकै कदम भएको भन्दै दुवै संगठनका अन्य नेताले आपत्ति जनाएका छन् । अनेरास्ववियुका महासचिव ऐन महर, अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन लगायतले गृहमन्त्री समक्ष बुझाइएको ज्ञापनपत्र र आइजिपीको बर्खास्तीको माग संस्थागत निर्णय नभएको बताएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले खनाललाई बर्खास्तीको माग गर्दै ज्ञापनपत्र बुझाइएकोमा आपत्ति जनाएका छन् ।
तर गृहमन्त्रीले नै हटाउने खेलमा लागेको बताइएको छ । गृहमन्त्रीको योजनाअनुसार विद्यार्थी संगठनले आइजिपी खनालको बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाएको बताइएको छ ।
तर अहिले हटाइहाल्नुपर्ने अवस्था नआएको अध्यक्ष दाहालका तर्क छ ।

आइजिपी खनाललाई बर्खास्तीको माग गरिएकै दिन गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन भएको थियो ।




प्रतिक्रिया