काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रिय कार्यसमिति बैठक सभापति शेरबहादुर देउवा अस्वस्थ भएपछि तीन दिनको लागि स्थगित् भएको छ । अब अर्को बैठक असोज २२ गते बस्ने भएको छ ।
सभापति देउवाले आफू विरामी भएर तीन दिनको समय माँगेका हुन् । तर, पौडेल समूहले आज देउवालाई भेटेर शक्तिशाली सभापतिको प्रावधान नराख्नको लागि आग्रह गरेको थियो ।
सभापति देउवाको चाहना आगामी महाधिवेशनपछि शक्तिशाली सभापति बन्ने नै रहेको छ । र, उनले आफूनिकट नेताहरुलाई आफ्नो योजनाहरु नै अघि बढ्न निर्देशन दिएका छन् । कांग्रेसभित्र अहिले दुवै पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ । आगामी असोज २२ गतेको बैठकमा वारपारको लडाई हुने संकेत देखिएको छ ।




प्रतिक्रिया