धमलाको अनुराग हेर्नैपर्छ, मलाई त उत्कृष्ट लाग्यो : कांग्रेस प्रवक्ता शर्मा


काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार ऋषि धमलाले बनाएको नेपाली कथानक चलचित्र अनुराग अत्यन्तै सबल र जबरजस्त बनेको भन्दै सबैलाई एकपटक हेर्नको लागि आग्रह गरेका छन् ।

शुक्रबार साँझ कमलपोखरीस्थित् सिटी सेन्टरमा रहेको बिग मुभिजमा उनले अनुराग चलचित्र हेरेका हुन् । चलचित्र हेरेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने,”यो धेरै राम्रो चलचित्र बनेको छ । अभिनयनको हिसाबलेपनि जबरजस्त छ । सबैले एकपटक हेर्नैपर्छ ।”

उनले धमला पत्नी नायिका एलिजा चलचित्र क्षेत्रमा नयाँ अनुहार भएपनि अभिनयको हिसाबले आफूलाई नयाँ नलागेको प्रतिक्रिया दिए । त्यस्तै उनले चललचित्रमा रहेको एउटा सम्वादसँग आफू सहमत नभएको सुनाए । तर, उनले के सम्वाद हो भन्ने कुरा अहिले नभन्ने भन्दै त्यसबाट पन्छिन खोजे ।

धमलाजस्तो सफल पत्रकारले चलचित्र क्षेत्रमा हात हालेर ठूलो योगदान पुर्याएको भन्दै उनलाई धन्यवादसमेत दिए । त्यस्तै उनले अनुराग नेपाली चलचित्रप्रेमीहरुको लागि बरदान साबित हुने समेत विश्वास दिलाए ।