अध्यक्ष खरेल एक्शनमा उत्रिए, आजबाट लुक्लामा चार वटा व्यवसायिक उडान सुरु


काठमाडौ, २० असोज । नेपाल वायु सेवा निगमले आज (शनिबार) बिहानै लुक्लामा चारवटा उडान भरेको छ । यसअघि निगम व्यवस्थापनको कमजोरीका कारण जहाजहरु थन्किँदै आएका थिए ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेल र अपरेसन डिपार्टमेन्ट प्रमुखमा रविन्द्र शेरचन आएपछि उडान सम्भव भएका स्थानहरुमा जहाज उडान सुरु गरिएको हो । आजबाट निगमले व्यवसायिक उडान नै भरेको छ ।

यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको छ । शनिबार बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको पाईलट उद्धव घिमिरेले जानकारी दिए । उनले आजको उडानलाई एक दशक यताको आफुहरुको लागि ठूलो उपलब्धि भएको बताए ।