माधव नेपालकै अगाडि प्रचण्डले भने : पार्टी एकता उल्टाउने षड्यन्त्र भयो (भिडियोसहित)

0
Shares

काठमाडौं, २० असोज । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिएका छन् ।

शनिबार दशैं, तिहारको अवसरमा रौतहट–काठमाडौं सम्र्पक मञ्चले आयोजना गरेका शुभकामना आदानप्रदान र वनभोज कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि बताए । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।

उनले पर्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए । गियर बदल्दै गाडीले गति दिए जसरी नै सरकारको काममा गति दिने उनको भनाई छ ।