काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले समाजमा अपराधजन्य घट्ना घटिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले अपराधमुक्त समाज बनाउनको लागि सबै जागरुक हुनुपर्ने धारणा राखे ।
शनिबार काठमाडौंका टुँडिखेलमा अपराधमुक्त समाज नेपालको राष्ट्रिय भेलालाई उद्धघाट्न गर्दै धमलाले यस्तो बताएका हुन् । अपराधमुक्त समाज निर्माण गर्नको लागि देशव्यापी रुपमा अभियान चलाउनुपर्ने धमलाको भनाई थियो ।

अनिल मण्डलको सभापतित्वमा आयोजित उद्धघाट्न सत्रमा धमलाले समाजमा रहेका सबैखाले अपराधका जालोहरु तोड्नुपर्ने धारणा राखे । उनले भने,‘अब समाजमा कुनैपनि किसिमका अपराधका जालोहरु रहनुहुँदैन्, यसलाई तोड्नको लागि सबै एकजुट हुुनुर्पछ । अपराधमुक्त समाज निर्माणको लागि अभियानकै रुपमा देशव्यापी चलाउनुपर्छ ।’
पछिल्लो समय मुलुकमा महिला हिंसा, बलात्कार लगायतका हिंसाका घट्नाहरु घटिरहेको सुनाउँदै उनले अपराधीहरुलाई कुनैपनि हालतमा उम्किन दिन नहुने पनि धारणा राखे । नले भने,‘हत्या, हिंसा र बलात्कारमा संलग्न जो कोहीलाईपनि कारबाही गर्नुपर्छ ।’
अपराध नियन्त्रणको लागि गृह प्रशासनले अब आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने उनको सुझाव छ । अपराधीहरुलाई कारवाही गर्नको लागि नागरिकहरु आँफै उठ्नुपर्ने धमलाले बताए ।




प्रतिक्रिया