काठमाडौं, २० असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुराग हेर्न नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिग मुभिजमा पुगेका छन् ।
शनिबार कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेताद्धय रावल र कोइरालाले पत्रकार धमलाले बनाएको चलचित्र अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको पनि बताए ।
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।
https://reportersnepal.com/2018/09/275640.html




प्रतिक्रिया