२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो ।
आइतबार साँझ गृह मन्त्रालयको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।
यसअघि साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो ।
अहिलेसम्म विभिन्न समितिले अनुसन्धान जारी राखेको बताइरहे पनि घटनाको दोषी पत्ता लाग्न सकेको छैन ।
प्रतिवेदनको पूर्ण पाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्




प्रतिक्रिया