काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सभापति हुन उमेर हद ३२ वर्ष कायम गरिएको छ ।
उक्त उमेर हदबन्दी आज बसेको केन्द्रिय कार्यसमिति बैठकले बहुमतले पारित गरेको एक नेताले जानकारी दिए । उनका अनुसार आजको बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा प्रकाशरण महतले बैठकमा प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पारित भएसँगै अब ३२ वर्षे उमेर हद लागू हुनेछ।
तर, कृष्ण प्रसाद सिटौला पक्षधर भने यो उमेर हदबन्दीसँग सहमत छैनन् । उनीहरुले यसको विरोधमा छन् ।




प्रतिक्रिया