देउवाविरुद्ध फेरी खनिए शेखर : प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर

0
Shares

चितवन, २२ असोज । प्रमु खप्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको भन्दै पार्टी नेतृत्वप्रति गुनासो पोखेका छन् ।

सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए।

कोइरालाले भने, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उनले संसदीय दल कमजोर बनेको बताए । अर्काे एक प्रसङ्गमा उहाँले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको जनाए ।

नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए ।