असोज २२,काठमाण्डौ । राजधानीबासीको मेलम्ची सपना धेरै प्रतिक्षा गर्दापनि अझै पूरा हुनसकेको छैन । मेलम्ची आयो आयो भन्दै दुई तीनवटा नयाँ वर्ष र दशैं गइसक्यो तर, अझैपनि पानी काठमाडौ झरेको छैन । पटक–पटक दशैं अगावै मेलम्चीको पानी राजधानीबासीको घरघरमा पु¥याउने भनिएपनि यो दशैंमा पनि त्यो लक्ष्य पूरा भएन ।
राजधानीबासीको तिर्खा मेटाउने बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले पानी वितरण गर्ने समयसीमा पटक पटक गर्दै यो पटक पनि थपेको छ । इटालीको निर्माण कम्पनीसँग समय थप गरिए अनुसार असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो ।
२०५५ सालबाट सुरु गरिएको मेलम्ची खानेपानी निमार्ण आयोजना भन्डै २० बर्ष पुगेको छ । तर अहिलेसम्म काठमाडैमा पानी आउन भने सकेको छैन । २०६७÷६८ मा देशको विद्यमान पस्थिति र दातृ निकायका सर्तहरुको कारणले केही वर्ष काम रोकिएको थियो । त्यसैमा मेलम्ची खानेपानी आयोजनाले प्राकृतिक प्रकोपको सामना गर्नु परेको हुनाले काम ढिलो हुन गएको मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरुको भनाइ छ । उपत्यकामा ६ सय ७० किलोमिटर पाइप बिच्छयाउन पर्नेमा अहिलेसम्म जम्मा ५ सय ८५ किलोमिटर मात्र पाइप बिच्छयाइएको छ । पाइप बिच्छाउने कामसंगै आयोजना एक अन्तरर्गत लगभग ९५ प्रतिशत काम सकिएको छ । अबको २ महिना अर्थात मसिंर अन्तिमसम्ममा पानी परीक्षणको लागि घर घरमा पठाउने निर्णय गरिएको छ । यो आयोजनका लागि हालसम्म ३० अर्ब रुपैयाँ लगानी भइसकेको मेलम्ची खानेपानी आयोजनाका इकाइ प्रमुख राजेन्द्र पन्तले जानकारी दिए ।
आयोजना २ अन्तरर्गत दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउनका लागि गरिएको यो लगानीमा अझै ६ अर्ब खर्च थपिएर ३१ अर्ब रुपैयाँ पुग्ने बताइएको छ । उच्च व्यवस्थापनले गम्भीरता नदेखाए मेलम्ची आयोजनाको सुरुङ खन्ने काम सकिएको भएपनि टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन सहितका काम बाँकी रहेको छ । यो काम नियमित रुपमा सुचारु भइरहे आगामी २ महिना भित्रै सकिने र राजधानीवासीको धारामा मेलम्चीको पानी झार्ने सजिलो हुने छ । सरकारले गरेको लगानीको योजना अनुसार यो खर्चपछि काठमाडौंमा पानी त आउँछ तर, यो पानी काठमाडौंका सबै क्षेत्रका मानिसले पिउन पाउने नपाउने भन्ने बिषयमा भने अन्योलता कायमै छ ।
मेलम्ची खानेपानी आयोजनाले दशैंसम्म जसरी भएपनि राजधानीवासीका धारामा पानी खसाल्ने प्रतिवद्धता यो पटक पनि पूरा भएन । दुई दशकआडि सुरु भएको आयोजना पूरा गर्न पटक पटक काम रोकिने र सुचारु हुने तथा राजनीतिक अवरोधका कारण निर्धारित समय भन्दा ढिला भइरहेको हो । आयोजनाले धेरैपटक राजधानीबासीलाई पानी दिने भनेर तय गरेको समयसीमामा काम नसकिँदा अझै २ महिनामा पानी आउला भन्ने भरोसा गर्न सकिने अवस्था भने छैन ।




प्रतिक्रिया