नेविसंघमा उमेर हद लगाउने भए पार्टीमा पनि लगाउँनुपर्छ : कुन्दन काफ्ले


असोज २२, काठमाण्डौ । नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि उमेर हद ३२ वर्ष कायम गरीएपछि बढेको विवाद नेविसंघ मात्र होइन कग्रेस पाटीएभित्र पनि देखिएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले नेविसंघको उमेरहद ३२ वर्ष लागु गर्नेगरी विधान स्वीकृत गरेपछि यो विवाद पार्टिमा समेत पुगेको छ । अब नेपाली काग्रेस पार्टीभित्र पनि उमेर हदको बहस चलाउने नेपाल विद्यार्थी संघका नेताहरुले बताएका छन् ।

कांग्रेस केन्द्रिय समितिको बैठकले भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य तथा पदाधिकारी बन्न ३२ वर्ष ननाघेको हुनुपर्ने नियमसहितको विधान पारित गरेपछि नेविसंघ र कांग्रेसभित्र तरङ्ग पैदा भएको छ । सभापति शेरवहादुर देउवा समुहले बहुमतको भरमा यो निर्णय गरेको भन्दै रामचन्द्र पौडेल, कृष्ण सीटौला लगायतले नोट अफ डिसेन्ट लेखेपछि नेविसंघको विवाद सतहमा आएको हो । पर्याप्त मात्रामा छलफल नै नगरी विधान बहुमतको आधारमा पारित गरेको भन्दै बरिष्ठ नेता पौडेललगाएत चार जना विभिन्न गुटका नेताले फरक मत लेखेका छन् ।

उमेर हदका कारण नेविसंघको नेतृत्व गरेका अहिलेका अधिकाँस नेताले कातिक १६ देखि १८ गतेसम्म राजधानिमा हुने महाधिवेशनमा उम्मेदवारी दिन पाउने छैनन । यसले गर्दा नेविसंघका अधिकाँस नेता असन्तुष्ट छन । नेविसंघ महामन्त्री कुन्दनराज काफलेले त नेवि संघमा उमेर हद लगाउने हो भने पार्टीभित्र पनि उमेरको हद कायम गर्नुपर्ने बताए । उनले पार्टीभित्र रोगी, वृद्ध, अशक्त व्यक्ति पनि नेता बन्ने गरेकोप्रति आक्रोष व्यक्तसमेत गरे । अब यसबारे उनले बहस सुरु गर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले संस्थापन पक्षले नेविसंघको केन्द्रीय समितिमा छलफल नै नगराई बहुमतका आधारमा विधान पास गरेर पार्टिमा थप विवाद ल्याउन खोजेको आरोप लगाए ।

पार्टिमा संस्थापन पक्षको ब्यापक विरोध भएपछि बहुमतले विधान पारीत गरिएको थियो । कांग्रेस केन्द्रीय समितिमा सभापति देउवा पक्षको सजिलो बहुमत छ । संथापन पक्षले उमेर हदका कारण राम्रो पकड रहेको संस्थापन इतर पक्ष बाहिरीने र आफ्नो पक्षलाई फाइदा पुग्ने ठम्याइका कारण उमेरहद लगाएको आरोप छ । उमेर हदका कारण नेविसंघ सभापति नैनसिह महर, सभापतिका प्रवल दावेदार महान्त्रीद्धय कुन्दनराज काफले र सरोज थापाले नेतृत्वको दावेदार गर्न पाउने छैनन । अव सहमहामन्त्री प्रेमराज जोसी, सागर परियार लगाएतले नेविसंघको नेतृत्व हत्याउने संभावना बढेको छ ।