बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिएकोमा नेकपाभित्रै विवाद : कांग्रेसले त आन्दोलन चर्काउने, दिपक भट्ट फरार

0
Shares

काठमाडौं, २३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई नदिन दबाब बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि अन्ततः पार्टीभित्रको दबाब थेग्न नसक्ने अवस्थामा पुगेको स्रोतको दाबी छ । मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित बन्दै आएको छ।

स्वदेशी पुँजीमा निर्माण गर्ने बहस चलिरहेकै बेला वर्तमान सरकारले चिनियाँ कम्पनीलाई दिने निर्णय गरेपछि अहिले नेकपाभित्रै प्रधानमन्त्रीको यो कदम गलत भएको भन्दै विरोधका आवाजहरु सुनिन थालेका छन् ।

उता प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बूढीगण्डकी स्वदेशी लगानीमा बनाउन सरकारसँग माग गरेको छ । भर्खरै सम्पन्न नेपाली काँग्रेसकोे केन्द्रीय कार्यसमिति बैठकले उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न माग गरेको हो।

सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले उक्त आयोजना स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो। तर, वर्तमान सरकारले उक्त आयोजना चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी)लाई दिने निर्णय गरेको छ।

गेजुवालाई दिने सरकारको उक्त निर्णय फिर्ता नभए कांग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । नेकपानिकट मानिने व्यवसायी दिपक भट्टकै कारण बुढीगण्डकी गेजुवालाई दिईएको बुझिएको छ । तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियाको सुत्रधारमध्ये भट्ट एक हुन् । उनले अर्वौको चलखेल गरेर बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिलाएको स्रोतको दाबी छ । भट्ट अहिले फरार छन् ।