Breaking News : सांसद रामबिर मानन्धरले आज ४ बजे राजिनामा दिने

0
Shares

काठमाडौं, २३ असोज ।  काठमाडौं- ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिने भएका छन्।  गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाडौं-७ बाट विजयी बनेका मानन्धरले मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्न लागेको हुन्।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई सांसद बनाउने बाटो खुलाउन उनले राजीनामा दिने भएका हुन् ।

उनले पार्टीले मागेकाले राजीनामा दिन लागेको पत्रकार रुद्र कार्कीलाई जानकारी दिए । गत चुनावमा बर्दिया-१ बाट पराजित भएका गौतमलाई  सांसद बनाउनेबारे नेकपाको सोमबारको सचिवालय बैठकमा छलफल भएको थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन प्रस्ताव गरेका थिए।