काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा काठमाडौं- ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिएका छन्।
मंगलबार काठमाडौंको विजुली बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले भने ‘पार्टीले भने बमोजिम मैले राजीनामा दिएको हुँ।’ वामदेव गौतमले तत्कालीन एमाले-माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको उनले बताए।

देशमा कम्युनिष्ट पार्टीको स्थिर सरकार रहेको र वामदेवले कम्युनिष्ट पार्टीको चुस्त व्यवस्थापन गर्ने उनको दाबी छ।‘उहाँ संसदमा आउनु भयो भने काठमाडौं ७ को मात्र नभइ देशकै विकास हुन्छ’, उनले भने। आफूले प्रचण्डलाई राजीनामाको स्वीकृति पत्र दिएको उनले बताए।
गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए।तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया