बदमासी गर्ने प्रहरीलाई टिपेर फालिदिन्छु : प्रहरी महानिरिक्षक खनाल

0
Shares

काठमाडौं, २४ असोज । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बदमासी गर्ने प्रहरीलाई टिपेर फालिदिने चेतावनी दिएका छन् ।

बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको ट्राफिक पुलिस ‘¥यापिड स्क्वाड’को उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी खनालले काठमाडौँमा प्रहरीबाट धेरै नराम्रा काम भएको स्वीकारेका छन्।

उनले भने,‘प्रहरीबाट धेरै नराम्रा कुरा भएका छन्, ती प्रहरीका किरा हन्, यस्ता मान्छे गएहुन्छ, जहाँ जान मनलाग्छ, प्रहरीमा काम छैन् ।’ खनालले राम्रो गर्दागर्दै नराम्रो भएमा आफूले सहयोग गर्ने बताउँदै तर बदमासी गर्न नपाइने प्रष्ट पारे।

खनालले भने,‘ ‘प्रहरीभित्र बदमासी गर्नेलाई टिपेर फालिदिन्छु, यो निर्देशन सिपाहीदेखि अधिकृत सबैका लागि हो, अब घुसको कुरा सुन्न नपरोस्, म सहने छैन।

तस्विर : मुकुन्द कालिकोटे