असोज २८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकार देश र जनताका बारेमा चिन्तित रहेको जिकिर गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले जनताले पनि सरकारको कामलाई नजिकबाट हेरिरहेको बताए ।
दशैँ पछि नेकपाको सचिवालय र स्थायी समिति बैठक बसेर पार्टी र सरकार संचालनका विषयमा छलफल गरिने उनले बताए ।
“सरकारका बारेमा जनताले उठाएका प्रश्नहरुको गम्भीर समिक्षासहित प्रभावकारी रुपमा कामहरु अगाडि बढाउने प्रयत्न गर्छौँ ।” पौडेलले भने ।
अहिलेसम्म सरकार नराम्रो काम नगरेको दावी गर्दै पौडेलले सामाजिक अपराधलाई सरकारको कामसँग जोड्न नहुने तर्क गरे ।
सरकारले काम नविरागेको भन्दै पौडेलले जनताले अनुभूति गर्ने गरी भने काम हुन नसकेको स्विकार गरे ।




प्रतिक्रिया