काठमाडौं, २८ असोज । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको अभियोगमा झुठो आरोप लागेर निर्दोष सावित भएका भीमदत्तनगर १९ वागफाटाका ४१ बर्षका दिलिप सिंह विष्टको मानसिक अवस्था बिग्रिएपछि अहिले उपचारको लागि काठमाडौं ल्याईएको छ ।
गत भाद्र ४ गते हत्याको अभियोगमा विष्टलाई सार्वजनिक गरे लगत्तै स्थानियले प्रहरीले अपराधि बचाउन एउटा मानसिक रोगीलाई सार्वजनीक गरेको भन्दै विरोध गरेका थिए ।
उनी निर्दोष सावित भएका थिए । तर, उनको मानसिक अवस्था बिग्रँदो भएपछि अहिले उनलाई उपचारकोलागि काठमाडौं ल्याईएको छ । उनको उपचार ललितपुरको पाटनस्थित् मानसिक अस्पतालमा भैरहेको परिवारले जनाएको छ ।




प्रतिक्रिया