काठमाडौं । राजाहरुलेमात्र लगाउने श्रीपेच सोमबार एक विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्राहलयमा रहेको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।
अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।
श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । ज्ञानेन्द्र शाह श्रीपेच लगाउने अन्तिम राजा थिए ।
गणतन्त्र स्थापनापछि उनले सुरुमा श्रीपेच हस्तान्तरण गर्न चाहेका थिएनन् । तर, सरकारले राम्रो नहुने चेतावनी दिएपछि नेपाल सरकारलाई हस्तान्तरण गरे । लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया