काठमाडौं, ३० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एव्म् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ असली कम्युनिष्ट चरित्र बोकेका नेता नै नभएको गम्भिर आरोप लगाएका छन् ।
मंगलबार साँझ प्राईम टाईम्स् टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ओली र प्रचण्ड असली कम्युनिष्ट होईनन्, उनीहरु अवसरवादी कम्युनिष्ट नेता हुन् ।’
त्यस्तै उनले प्रदेश सरकारको अधिकार कटौती गर्न नहुने पनि जिकिर गरे । उनले भने,‘प्रदेशको अधिकार कसैले कटौती गर्न हुँदैन् , यस्तो भयो भने संघीयता कार्यान्वयन हुँदैन् । यदि संघीयता तलमाथि हुने बित्तिकै देश ठूलो संकटमा फस्छ ।’
फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले काम गरिरहेको बताउँदै विस्तारै सफल हुने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले संविधान संशोधन गर्न सरकारले ढिलाई गरे आफ्नो पार्टी सरकारबाट बाहिरिने पनि चेतावनी दिए । उनले भने,‘अब हेर्दै जाउँ, हाम्रो पार्टी सरकारबाट कहिले बाहिरिन्छ, त्यो हेर्दै जानुहोस् ।’




प्रतिक्रिया