सुजाताको खुलासा : अबको सभापति शेखर र शशांकमध्ये एक जना

0
Shares

काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले कांग्रेसको अबको सभापति कोइराला परिवारबाटै बन्ने दाबी गरेकी छिन् । यद्धपी उनले आफू भने नबन्ने स्पष्ट पारिन् ।

आज राति प्राई टाईम्स् टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो खुलासा गरेकी हुन् । सुजाताले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा असफल भैसकेको पनि गम्भिर आरोप लगाईन् ।

उनले भनिन्,‘देउवाजी असफल सभापति हो । उहाँले पार्टीलाई विधि र विधानबाट चलाउनुभएन् ।’ फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारलाई मौलाउन दिएको आरोप लगाईन् । उनले भनिन्,‘सरकारले यदि भ्रष्टाचारलाई यसरी नै मौलाउन दिने र नरोक्ने हो भने मुलुकमा संघीयता नै असफल हुन्छ ।’

त्यस्तै उनले संसदमा कांग्रेसको भूमिका निरिह रहेको गुनासो पोखिन् । उनले वर्तमान प्रधानमन्त्री ओली पनि असफल भैसकेको आरोप लगाईन् ।

नेतृ कोइरालाले नेपालले भारतसँग्को सम्बन्ध विस्तार गर्नुपर्ने पनि बताईन् । उनले भनिन्,‘भारतसँगमात्रै होईन, चीनसँगपनि ओलीजी परराष्ट्र नीतिमा असफल हुनुभयो ।’