काठमाडौं, ३० असोज । निर्मला पन्तको घटनाको अनुसन्धानमा खटिएका प्रहरीमाथि छानबिन गरिरहेको एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनास्थलको अवलोकन गरेपछि एउटा निश्कर्ष निकालेको छ ।
उक्त समितिले निर्मला हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टको कुनै संलग्नता नरहेको भनेर एआईजी बस्नेतको टोलीले निश्कर्ष निकालेको स्रोतको दाबी छ ।
हालै महेन्द्रनगर पुगेको छानबिन समितिले अनुसन्धानमा खटिएका आधा दर्जन बढी अनुसन्धान टोली, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग भेटघाट तथा छलफल गरेको थियो । एआईजी बस्नेत नेतृत्वको छानबिन टोलीले उक्त प्रकरणमा निलम्बित एसपी विष्टको कुनै संलग्नता नरहेको तर अनुशन्धानमा लापरवाही भने देखिएको निश्कर्ष निकालेको छ।
सुरक्षा प्रमुखलगायतसँगको छलफलपछि समितिले निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको उखुबारीको अवलोकन गरेको थियो ।
घट्नास्थल पुगेपछि छानबिन समितिका संयोजक बस्नेतले निर्मलाको साइकल र किताब भेटिएको ठाँउ, शव भेटिएको उखुबारी र घटनाको प्रकृति, शवको अवस्थालगायत विषयमा जानकारी लिएका थिए ।




प्रतिक्रिया