प्रधानमन्त्री ओली भोलि झापा जाने, बुवासँग टिका थापेपछि राष्ट्रपतिसँग लगाउने

0
Shares

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओली दशैंको अवसरमा आफ्ना मतदाताहरुसँग भेटघाट गर्न भोलि गृहजिल्ला झापा जाने भएका छन् । तर, ओलीले दशैं भने काठमाडौंमै मनाउने कार्यक्रम छ ।

विभिन्न दलका नेताहरु दशैं मनाउन गृहजिल्ला प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री ओली भने मतदाताहरुसँग छलफल, अन्तरक्रिया र केही कार्यक्रमहरुको उद्धघाटन गर्ने उद्देश्यसहित भोलि झापा जान लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार ओलीले दशैंको साईतको टिका भने बुवा मोहनप्रसाद ओलीको हातबाट लगाउनेछन् । त्यसपछिमात्रै उनले राष्ट्रसित विद्यादेवी भण्डारीको हातबाट टिका लगाउने छन् ।

राष्ट्रपतिबाट टिका थापेपछि उनले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वसाधारण जनता तथा नेता, कार्यकर्ताहरुलाई टिका लगाईदिने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस : प्रधानमन्त्रीको दसैं कार्यतालिका 

-२०७५ असोज १ गते विहीबार, महानवमी (विहान झापा प्रस्थान र अपरान्ह काठमाडौं फिर्ता),

-झापामा हुँदा चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामनाआदान-प्रदान तथा चियापान कार्यक्रम,

-२०७५ असोज २ गते, शुक्रवार, विजया दशमी शुभ साइत ९:४५ मा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण,

-बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यलाई टिका लगाइदिने

-दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण,

-दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्ष निकायका उच्च अधिकारी, राष्ट्रसेवकलाई टिका लगाइदिने,

-अपरान्ह ३  : ३० देखि ५.३० बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टिका लगाइदिने,

-साँझ ६ बजेदेखि  : परिवारका सदस्यलाई टिका लगाइदिने,

-एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्तालाई टिका लगाइदिने।