काठमाडौं १ कार्तिक । प्रधानमन्त्री ओलीले विजया दशमीको दिनकार्तिक २ गते बिहान ९:४५–१०.०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्ने छन्। त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
त्यसपछि साँझ ६:०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन्। एकादशीकार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ।
२०७५कार्तिक१ गते बिहीबार, महानवमी
(बिहान झापा प्रस्थान र अपराह्न काठमाडौं फिर्ता) :
चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
२०७५कार्तिक २ गते, शुक्रबार दशमी
बिहान ९:४५–१०.००: प्रधानमन्त्रीद्वारा पिताजी मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण
बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीका ग्रहण
दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टीका ग्रहण
दिउँसो २:०० : मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा प्रधानमन्त्रीबाट टीका ग्रहण
अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्वसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट टीकाग्रहण
साँझ ६:०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टीकाग्रहण
एकादशीकार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९:०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ।




प्रतिक्रिया