काठमाडौं, १ कार्तिक । पछिल्लो समय गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको चर्चा चुलिँदो छ । एनआरएनए मुभमेन्टमा सुरुवातदेखि नै निरन्तर सक्रिय पन्तले यो डेढ दशकको अवधिमा संगठनमा ठूलो योगदान पुर्याएका छन् ।
हालै उनकै नेतृत्वमा काठमाडौंमा संघद्वारा आयोजित ‘एनआरएन विज्ञ सम्मेलन’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर आयोजना गरेको तीनदिने सम्मेलनमार्फत विज्ञहरुको सुझावसमेत एकमुष्ट रुपमा सार्वजनिक गरिएको थियो । संघको ईतिहाँसमा यो महत्वपूर्ण काम सम्पन्न भएको छ ।
‘गैरआवासीय नेपालीले विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि भित्र्याएर नेपालको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरेको’ सम्मेलनका संयोजक एवं संघका उपाध्यक्ष पन्तले बताएका थिए । उनले उक्त समापन कार्यक्रममा समेत भनो थिए, ‘विज्ञहरुको उत्साहजनक सहभागिताका साथ सम्मेलन सम्पन्न भएको छ।’
सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले जलविद्युत, पूर्वाधार, पर्यटन, कृषि, विज्ञान तथा प्रविधि, सामाजिक सुरक्षालगायत विषयमा एक सय ६० वटा कार्यपत्र प्रस्तुत गरेका थिए । १९ सत्रमा प्रस्तुत ती कार्यपत्रमाथिको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षलाई समेटेर ‘श्वेतपत्र’ जारी गरिने पनि उपाध्यक्ष पन्तले जानकारी दिएका थिए ।
गैरआवासीयहरुलाई नेपालमा लगानी गराउनको लागि विज्ञ सम्मेलनले ठूलो टेवा पुर्याउने बुझिएको छ । पन्तले संघमा समन्वयकारी भूमिका पनि निर्वाह गरिरहेका छन् । सबैसँग राम्रो सम्बन्ध राखेर अघि बढिरहेका छन् । संघका संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक डा. उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्षहरु जीवा लामिछानेदेखि डा. शेष घलेसम्मसँग उनको घनिष्ठ सम्बन्ध रहेको छ ।
पन्त अब हुने संघको महाधिवेशनमा अध्यक्ष उठ्नेछन् । उनी सर्वसम्मतीमा अध्यक्ष बन्ने निश्चित् छ । वर्तमान अध्यक्ष भवन भट्ट र पन्तबीच पनि एक किसिमको समझदारी छ । एक कार्यकाल भट्ट र अर्को कार्यकाल पन्तले चलाउने सहमति यसअघिको महाधिवेशनमा भएको थियो । सोही अनुसार भट्टले आफूलाइ नै आगामी महाधिवेशनमा अध्यक्षको लागि सघाउने पन्तको विश्वास छ ।
पन्तले रोजगारी र राम्रो शिक्षाका लागि विदेशिएका नेपालीहरुसँग अहिले सीप, ज्ञान पूँजी रहेको उल्लेख गर्दै नेपाललाई समृद्ध पार्ने लक्ष्य हाँसिल गर्न दक्ष जनशक्तिको खाँचो रहेको बताउँदै आएका छन् ।
अब पन्तले नेपालमा पाँच तारे होटल खोल्ने तयारी समेत थालेका छन् । उनको ‘लिडरसिप क्वालिटी’ ले गर्दा संघमा उनलाई रुचाउने धेरै छन् ।
सम्मेलनबाट प्राप्त ज्ञान तथा छलफलमा उठेका महत्वपूर्ण बुँदाहरुलाई समेटेर आगामी तीन महिनाभित्र श्वेतपत्र जारी गर्ने पन्तले जनाएका छन् । उपाध्यक्ष पन्तले सम्मेलनमा सरकारको समेत सहयोग र सहभागिता रहेकोले श्वेतपत्रमार्फत दिइने सुझाव कार्यान्वयन हुने अपेक्षा व्यक्त गरेका छन् ।
संसारभर रहेका एनआरएन विज्ञलाई एकै ठाउँ भेला गराउन पन्त सफल भए । उनको यो कामलाई लिएर धेरैले प्रशंसा गरेका छन । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विज्ञ सम्मेलनलाई ठूलो उपलब्धि भएको मानेका छन् ।
उता संयोजक पन्तले भनेका छन,‘कुन क्षेत्रमा कति विज्ञ छन् भन्ने डाटाबेस तयार पार्न पनि यसले सहयोग पुगेको छ ।’ अब हुने सम्मेलन विशेष विषयमा केन्द्रित गरिने उनको भनाइ छ। सम्मेलनमा १० जना विदेशीसहित विश्वभरबाट तीन सय ५० एनआरएन विज्ञ सहभागी थिए । संघको नेतृत्व परिवर्तन भए पनि सम्मेलनबाट आएका निष्कर्ष कार्यान्वयनमा असर नपुग्ने पन्तको भनाइ छ । अल दि बेष्ट पन्तजी । गो अ हेड ।




प्रतिक्रिया