निर्मला हत्या प्रकरण : एआईजी बस्नेतको टोलीले प्रतिवेदन तयार पार्दै, गृहसचिव र प्रहरी प्रवक्ता यसो भन्छन्

0
Shares

काठमाडौं, १ कार्तिक । कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही भएको छ । तर, उक्त घट्नामा तत्कालिन एसपी डिल्लीराज विष्टको भने कुनै संलग्नता नरहेको एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले निश्कर्ष निकालेको छ ।

तर, प्रतिवेदन भने अहिलेसम्म फाईनल नभएको एआईजी बस्नेतले जानकारी दिए । उनले भने,‘प्रतिवेदन फाईनल भएको छैन । हामीले अहिलेसम्म गृहमन्त्रालयमा बुझाएका छैनौं ।’

उक्त घट्नाको अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको कुरा प्रतिवेदनमा समावेश गरिएको छ ।
उता गृहसचिव प्रेमकुमार राईले पनि अहिलेसम्म प्रतिवेदन नआईसकेको जनाए । तर, विष्टलाई विभागीय कारबाहीको सिफारिश गरिएको बुझिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापालेपनि प्रहरी प्रधान कार्यालये विष्टलाई कारबाहीको कुनै निर्णय नगरेको स्पष्ट पारे । उनले भने,‘हामी कारबाहीको निर्णय गरेका छैनौं । कारबाही गर्ने वा के गर्ने भन्नेबारे त्यो गृहमन्त्रालयले गर्ने हो । हामीले अध्ययन गरेका छैनौं ।’