काठमाडौं, १ कार्तिक । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अबको दुई वर्षपछि प्रधानमन्त्री बन्ने खुलासा गरेकी छिन् ।
बिहीबार राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सँधै प्रधानमन्त्री भैरहने नभएकोले अब प्रचण्ड नै प्रधानमन्त्री बताएकी हुन् । उनले भनिन्,”अबको २ वर्षपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ । नेतृत्व आलोपालो हुन्छ । ओलीजीसँग त्यही सहमति भएको छ ।”
उनले प्रचण्ड प्रधानमन्त्री बन्न किन नसक्ने ? भन्दै उल्टै प्रश्न तेर्साईन् । उनले भनिन्,”प्रचण्ड प्रधानमन्त्री बन्ने पूरापुर सम्भावना छ । उहाँ गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री पनि हो । फेरि दोस्रो कार्यकालपनि उहाँले प्रधानमन्त्रीको रुपमा चलाउनुभयो । उहाँ सफल प्रधानमन्त्री बन्नुभयो । छातीमा हात राखेर भनौं न प्रचण्डको नेपाली राजनीतिमा कतिको योगदान छ र भूमिका छ भनेर ?”
उनले आफूहरुले संविधानले व्यवस्था गरेको अधिकार, व्यवस्था र परिकल्पनालाई उपयोग गरिरहेको बताईन् । उनले आफूहरुले कहीँ कतैपनि दोहोरो वा तेहोरो कर नलिएको पनि दाबी गरिन् ।
त्यस्तै उनले वर्तमान सरकार असफल भयो भन्ने बेला अहिले नै भैनसकेको पनि बताईन् । उनले भनिन्,”सरकार असफल भैसक्यो भनेर अहिले नै भन्ने बेला भएको छ । तर, जनताको धेरै ठूलो अपेक्षा छ । स्थिर सरकार बन्दै गर्दा, सुरुवाती अपेक्षाहरु धेरै छन् । अब जनताको चाहना अनुसार काम भएन भनेर अहिले नै मुल्यांकन गर्ने बेलापनि होईन ।”
दाहालले प्रधानमन्त्री ओली सफल भएको पनि दाबी गरिन् । उनले भनिन्,”उहाँ सफल हुनुहुन्छ । उहाँले सक्नुहुन्छ । सरकारको आलोचना गर्ने बेला भएको छैन । केही समय अझै धैर्यता गरौं ।”
सरकारप्रति आफ्ना बुवासमेत रहेका अर्का अध्यक्ष प्रचण्डको कुनै असन्तुष्टि नरहेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन,”अध्यक्ष प्रचण्डको कुरा मैले कसरी भन्न सकनुहुन्छ । मुलुक हाँक्न र सरकरालाई सफल बनाउन प्रचण्डको भूमिका पनि छ । सरकार सफल भए उहाँहरु दुवैजनालाई जस जाने, हो असफल हुने हो भने दुवैलाई अपजस जान्छ । प्रचण्डको कुनै असन्तुष्टि छैन ।”
दुवै नेताहरु शक्तिशाली र भीजनरी भएको उनले जनाईन । त्यस्तै उनले पार्टी एकता तल्लो तहमा नपुगेको भन्दै अलिकति काम गर्न असहजता उत्पन्न भएकोपनि बताईन् । उनले भनिन्,”एकताको नहुँदा त्यो कमि महशुस भएको छ । एक खालको एकता भयो । जिल्ला हुँदै गाउँ सबैमा एकता हुनुपर्छ ।”
त्यस्तै उनले नेकपामा आफ्नो भूमिका अहिले केन्द्रिय सदस्य भएकोले अब चितवनमा कस्तो जिम्मेवारी दिन्छ त्यो भूमिका निर्वाह गर्नपनि तयार रहेको सुनाईन् ।
मन्त्रीहरुले काम गर्न सकेनन्, भाषणमात्रै गरेका छन् भन्ने आरोप छ नि भनेर धमलाले सोधेको प्रश्नमा उनले भनिन्,”सरकारलेः कामको सुरुवात गरिसकेको छ । अब व्यवहारिक हिसाबले काम गरेको अनुभुति दिलाउनुपर्छ ।”
मुलुक अब आर्थिक क्रान्तिको दिशातर्फ अघि बढिरहेको पनि उनले सुनाईन् । उनले भनिन्,”आर्थिक क्रान्ति र समृद्धिको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । वर्तमान सरकार सफल हुन्छ । प्रचण्डले कत्रो ठूलो त्याग गरेर आउनुभयो । कुशलतापूर्वक नेतृत्व प्रदान गर्नुभयो । दायित्व र जिम्मेवारीबोध गर्नुभएको छ । उहाँ खरो उत्रिनुहुन्छ भन्ने मलाई विश्वास छ ।”
फरक प्रसँगमा उनले प्रचण्डपछि परिवारमा राजनीतिक सक्रियता आफ्नोमात्रै नभएको उनले स्पष्ट पारिन् । स्वर्गीय भाई प्रकाश दाहालको आफूहरुलाई अभाव खड्किरहनेपनि उनले सुनाईन् । उनले भनिन्,”उ हाम्रो परिवकारको सबैभन्दा कान्छो सदस्य हो । प्रकाशलाई कुनै रोग थिएन । रिष्ट पुष्ट नै थियो । तर, अचानक घट्ना भयो । हामीलाई अझैपनि आश्चर्य भैरहेको छ । किन त्यसो भयो । परिवारलाई सपनाजस्तो लाग्छ ।”




प्रतिक्रिया