बाबुरामले ८९ वर्षीय बुवाको हातबाट टीका र आर्शिवाद ग्रहण गरे

0
Shares

काठमाडौं, २ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ८९ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टीका र आशीर्वाद ग्रहण गरेका छन् ।

उनले बुवाको हातबाट टिका तथा आर्शिवाद ग्रहण गर्न पाउँदा असीम खुशीको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।

उनले परिवारजनसंग भेटघाट र सुखदुख साटासाट गर्ने यो पर्वले सबैमा सुखशान्ति र समृद्धि ल्याओस भन्दै शुभकामना पनि दिएका छन् ।