चालक निदाएपछि नवलपरासीमा बस दुर्घटना : ५ को मृत्यु १६ घाइते


कात्तिक ४, काठमाण्डौ । नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित हुँदा सडकबाट तल खसेको थियो ।

प्रहरीका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ यात्रु बोकेको थियो ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

उता रामेछापको मन्थलीबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको टाटासुमो जिप शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

रामेछाप नगरपालिका २ देउरालीको खरानेपाखामा भएको दुर्घटनामा रामेछाप नगरपालिका १ गोठगाउँका दुर्गाबहादुर कार्की र ललिमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पताल लगिएको छ ।